काठमाडौं – आज शुक्रबार बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३६ अंकले बढेर बजार २८ सय ३८ दशमलव ४० को बिन्दुमा बन्द भएको छ।
आज ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, सोलु हाइड्रोपावरको ३७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी आज सबैभन्दा बढी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।
यससँगै आज एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज सो कम्पनीले ४.५४ प्रतिशतका दरले गुमाएका हुन् ।






प्रतिक्रिया