काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का जनसंगठत प्रमुखहरूसँग छलफल गरेकी छन्। शुक्रबार भण्डारीले एमाले सचिव एवं जनसंगठत समन्वय समिति इन्चार्ज भानुभक्त ढकालसहित जनसंगठन प्रमुखहरूसँग छलफल गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले २०८३ असार १४ मा मदन भण्डारीको हिरक जयन्ती समारोहका विषयमा छलफल गर्न भनेर नेताहरूलाई बोलाएकी थिइन्। नेताहरूबीच समसामयिक राजनीति र एमालेभित्रको विवादका विषयमा पनि छलफल भएको जनाइएको छ।
एमाले सचिव एवं जनसंगठन समन्वय समितिका इन्चार्ज ढकालले भने मदन भण्डारी हिरक जयन्त कसरी राम्रो र व्यवस्थित रुपमा मनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए।






प्रतिक्रिया