काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्नुभएको छ ।
देउवा सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरिरहेकाबेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको छ । ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ ।
अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आहवान गर्नुभएको छ ।
प्रतिक्रिया