अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक सुरु

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भइरहेको बैठक पार्टी विभाजन रोकथामलगायतका विषयमा केन्द्रित रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गरिरहनुभएको छ ।

देउवा सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरिरहेकाबेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी बोलाउनुभएको हो । आज ३ बजे नै संसदीय दलको बैठक पनि बोलाइएको छ ।

अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आहवान गर्नुभएको छ ।