काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दल विभाजन अध्यादेशविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
अनेरास्ववियुले आज देशभरका जिल्ला सदरमुकामहरू र केन्द्रमा साँझ ६ बजे प्रदर्शनीमार्गमा अध्यादेश जलाउने, भोलि देशभरका क्याम्पस/शैक्षिक संस्था अगाडि प्रदर्शनसहित अध्यादेश जलाउने र भदौ ४ गते जिल्ला सदरमुकामहरूमा जिल्ला कमिटी र उपत्यकामा केन्द्रीय कमिटीको आयोजनामा माईतिघर मण्डलामा वृहत विरोध प्रदर्शनसहित भण्डाफोर सभा गर्ने अध्यक्ष ऐन महरले जानकारी दिनुभभयो ।
विज्ञप्ति :
प्रतिक्रिया