काठमाडौं– पार्टी विभाजन गर्ने निर्णयमा माधव नेपाल समूहका अधिकांश नेताहरू असहमत भएका छन् । नेकपा एमाले समाजवादी दर्ता भइसके पनि नेपालनिकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिएका हुन् ।
तत्काललाई माधव नेपालको निर्णयमा स्थायी कमिटीका सदस्यहरूमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र साथ दिनुभएको छ । रघुजी पन्तसमेत विभाजनको पक्षमा खडा हुन नमानेपछि एमाले विभाजनपछि पनि एउटा समूह मध्यस्थकर्ताका भूमिकामा रहन खोजेको देखिएको छ ।
विभाजनमा साथ नदिने भन्दै भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरालगायतले हस्ताक्षर नगरेको बताइएको छ ।
प्रतिक्रिया