अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता गिरिको घाँटीमा समस्या, भारतको मुम्बईमा उपचार सुरू

कांग्रेस नेता गिरिको घाँटीमा समस्या, भारतको मुम्बईमा उपचार सुरू


काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरि उपचारका लागि मुम्बई जानुभएको हो । उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरिबीच उपचारबारे सल्लाह भएको उहाँले बताउनुभयो । उपसभापति निधि काठमाडौंबाट जनकपुर हुँदै मुम्बई जानुभएको हो । ‘शुक्रबार निधिले गिरिलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ,’ दाहालले भन्नुभयो ।