काठमाडौं– सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ ।
हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर सरकारले यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुनुहुन्छ ।
प्रतिक्रिया