अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पदमुक्त गरेका सांसदलाई कारबाही नगरेपछि एमाले सांसदहरु सभामुख कार्यकक्षमा

पदमुक्त गरेका सांसदलाई कारबाही नगरेपछि एमाले सांसदहरु सभामुख कार्यकक्षमा


काठमाडौं– पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् ।

सभामुखको च्याम्बर घेराउ गर्नेमा एमाले नेताहरु गोकुल बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् ।

बिहीबार पनि एमालेले कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सापकोटाको ध्यानाकर्षण गराएको थियो ।