अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाललाई साथ नदिएका नेताहरु रावलको नेतृत्वमा एकजुट, नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह

माधव नेपाललाई साथ नदिएका नेताहरु रावलको नेतृत्वमा एकजुट, नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह


काठमाडौं– एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरु उपाध्यक्ष भीम रावलको नेतृत्वमा एक भएका छन् । उनीहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।

शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफलले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपाललाई नयाँ पार्टी निर्माणबाट पछि हट्न अपिल गरेको रावलले जानकारी दिनुभयो ।

बैठकले दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध गरेको छ ।