अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बामदेव गौतम एमालेमै, समाजवादीको ब्यानरमा फोटो राखिएकोमा आपत्ति

बामदेव गौतम एमालेमै, समाजवादीको ब्यानरमा फोटो राखिएकोमा आपत्ति


काठमाडौं- एमाले उपाध्यक्ष बामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनालसँगै जोडेर फोटो राखेकोमा आपत्ति जनाउँदै गौतमका स्वकीय सचिव दिपक टमाटाले आपत्ति जनाउनुभएको छ । ‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ उहाँले भन्नुभएको छ, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

गौतम समाजवादीमा गएको भन्दै प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नै प्रचार गर्नुभएको थियो ।