अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अन्य कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय

अन्य कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं– नेकपा माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

साथै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएका छन्।

राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ ।