काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) विदेश विभागका प्रमुख विजय चौथाइवा नेपाल आइपुग्नुभएको छ । आज नेपाल आउनुभएका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको हो ।
प्रधानमन्त्री देउवासँगको भेटघाटमा दुई देशको आपसी सम्बन्ध तथा पार्टीस्तरमा सम्बन्ध कायम राख्ने विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस्तै, उहाँले कांग्रेसका नेता प्रकाशशरण महतलाई पनि भेट्नुभएको छ । चार दिनसम्म नेपालमा रहने चौथाइवाले अन्य पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रूपमा चिनिनुहुन्छ ।
प्रतिक्रिया