काठमाडौं– माधव नेपालको नयाँ दलविरुद्ध उभिएका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमाले उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु बालकोट पुग्नुभएको छ । उहाँहरुले १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीबारे छलफल गर्ने कार्यक्रम छ । बैठकमा एमाले महासचिव ईश्वर पोखरेल पनि हुनुहुन्छ ।
माधव नेपाल छाडेका ५७ जना नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेता नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न सुझाव दिँदै आएका छन् ।
‘निरन्तरको प्रयासले उहाँहरु बालकोट पुग्नुभएको छ,’ एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘पार्टीले अनुमोदन गरिसकेको १० बुँदे कार्यन्वयनमा लैजादा पार्टीभित्र सहमति कायम हुन्छ । त्यसमा अध्यक्ष सकारात्मक हुनुहुन्छ ।’
प्रतिक्रिया