अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

अध्यक्ष ओली र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता


काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

चौथाइवाले ओलीलाई उहाँकै निवास बालकोटमा भेट्नुभएको हो ।

भेटमा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताउनुभएको थियो ।

जवाफमा एमाले अध्यक्ष अ‍ोलीले आफूले भाजपा र एमालेबीच राम्रो सम्बन्ध कायम रहोस् भनि चाहेको धारणा पनि राखेको बताइएको छ ।