काठमाडौं– नेकपा एमालेका सचिव योगश भट्टराईले नेकपा एमालेमा लामो समयदेखि रहेको विवाद मिलेको बताउनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँग करिब पाँच घण्टा भएको छलफलपछि उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सचिव भट्टराईले १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओलीसहित आफूहरू पनि सहमत भएकोले कार्यकर्तालाई विचलित नभइ एमालेमा एकतावद्ध हुन उहाँले आग्रहसमेत गर्नुभएको छ ।
‘१० बुँदे कार्यान्वयन गरेर पार्टीलाई एक ढिक्का राख्ने सवालमा अधयक्ष कमरेडले प्रतिवद्धता जनाउनु भएको छ,’ बैठकपछि बालकोटमै भट्टराईले सञ्चारकर्मीसँग भन्नुभयो, ‘अब एमालेकोे किकल्प खोजेर कोही कसैले पनि जानु पर्दैन । सबै कमरेडहरूले यही जिम्मेवारी पाउनुहुन्छ । ’
सचिव भट्टराईले अब २ जेठ २०७५ सम्मका केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह, वडा र जनवर्गीय संगठनका सबै कमिटीहरू सक्रिय हुने बताउनुभयो ।
सचिव भट्टराईले एमाले नयाँ पर्टी दर्ताको प्रक्रियाबाट फिर्ता भए माधव नेपाल लगायत १४ जनानेताहरू माथि भएको कारबाही फिर्ता हुने बताउनुयो । ‘उहाँहरू एमालेमा फर्किए चालू विवादका कारण कसैलाई पनि कारबाही हुँदैन,’ भट्टराईले भन्नुभयो ।
प्रतिक्रिया