अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेभित्रको विवाद अन्त्य भएको छ, सबैलाई बधाई : शेरबहादुर तामाङ

एमालेभित्रको विवाद अन्त्य भएको छ, सबैलाई बधाई : शेरबहादुर तामाङ


काठमाडौं– नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीभित्रको विवाद समाधान भएकोमो बधाई दिनुभएको छ । उहाँले पार्टीभित्र देखिएको विवाद अन्त्य भएको भन्दै सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।

‘पछिल्लो समयमा नेकपा (एमाले) मा देखिएको आन्तरिक समस्या समाधान भएको छ । भोलि भाद्र ८ गते ११ बजे तुल्सी लाल स्मृति भवनमा नेकपा (एमाले) स्थायी कमिटीको बैठक बसेर पार्टीलाई आन्तरिक रूपमा मजबुद र व्यवस्थित बनाउने भएकाले सम्पूर्ण एमालेका समर्थक शुभचिन्तकहरूमा बधाई ज्ञापन गर्दछु,’ तामाङले लेख्नुभएको छ, ‘सम्पूर्ण एमाले पंक्ति अब कुनै फुटपरस्त गतिविधिमा नलाग्न अनुरोध गर्दछु । पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर सम्पूर्ण कार्यकर्ता पंक्तिमा खुसीको सञ्चार दिन सफल सम्पूर्ण नेतागणमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’