अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० बुँदे सहमति कार्यान्वयनको प्रस्ताव तय गर्न तीन सदस्यीय कमिटी गठन

१० बुँदे सहमति कार्यान्वयनको प्रस्ताव तय गर्न तीन सदस्यीय कमिटी गठन


काठमाडौं– एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

पार्टीले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन गरेको हो । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्ने बताइएको छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकमार नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरूबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको बताउनुभएको थियो ।