कैलाली– नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले माधव नेपालको अवस्था सिपी मैनालीको भन्दा पनि खराब हुने बताउनुभएको छ ।
एमालेको गोदावरी नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘माधव नेपालको अवस्था अब सिपी मैनालीभन्दा पनि खराब हुन्छ । माधवले जनतालाई र पार्टीलाई ठूलो धोका दिएका छन्,’ सांसद रानाले भन्नुभयो ।
उहाँले नेकपा विभाजन गर्न लागेकाहरूले नै एमाले विभाजन गरेको आरोप लगाउनुभयो । माधव नेपालले एमाले टुक्राएको भन्दै सांसद रानाले उहाँलाई गद्दारको संज्ञासमेत दिनुभयो ।
‘आफू सूर्य चुनाव चिन्ह्रबाट निर्वाचित भएका माधव नेपालले रुखमा भोट हाले उनी गद्दार हुन्, नेकपा विभाजित गर्नेहरूले नै एमालेमा पनि विभाजन गरेका हुन्,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया