काठमाडौं– लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ ।
सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्नुभएको छ । उहाँलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षितले सुवेदीलाई शपथ ग्रहण गराउनुभएको हो ।
प्यूठानका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आउनुभएको थियो ।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रनुभएका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।
प्रतिक्रिया