काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिनुभएको हो ।
‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ,’ ओलीले शाक्यको प्रशंसा गर्दै भन्नुभयो । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बन्नुभएको थियो । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया