अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

आज २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु


काठमाडौं– गत २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, आज १ हजार ७८१ जना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ७४५ नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।