अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी तरंगः सभामुखले बोलाउनुभयो कार्यव्यवस्था समिति बैठक

एमसीसी तरंगः सभामुखले बोलाउनुभयो कार्यव्यवस्था समिति बैठक


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसदमा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाइरहेकाबेला सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनुभएको छ ।

संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ ।

‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ । आजको संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखको रणनीतिक के हुन्छ भन्ने चासो छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराको अबरोधका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अगाडि बढाउन पाउनुभएको थिएन ।