अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा अब विद्युतीय सार्वजनिक बस, अध्यक्ष ओलीद्वारा उद्घाटन

लुम्बिनीमा अब विद्युतीय सार्वजनिक बस, अध्यक्ष ओलीद्वारा उद्घाटन


लुम्बिनी – गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्मका लागि अबदेखि विद्युतीय सार्वजनिक बस चल्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले रुपन्देहीको मणिग्रामदेखि गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीसम्मको ३३ किलोमिटर दूरीमा विद्युतीय बस चलाउने भएको हो।

विद्युतीय बस सञ्चालनको आज नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि अध्यक्ष ओलीले मणीग्रामबाट लुम्बिनीसम्म ३३ किलोमिटरको यात्रा विद्युतीय बसबाटै गर्नु भयो ।

सुन्दर यातायात प्रालिका अनुसार अध्यक्ष ओलीले लुम्बिनीदेखि भैरहवास्थित गौतम बुद्ध विमानस्थलसम्मको १६ किलोमिटर दूरी पनि विद्युतीय बसमै यात्रा गर्नु भएको थियो ।

सुन्दर यातायात प्रालिले काठमाडौंको रिङ रोडमा पनि केही वर्षदेखि विद्युतीय बस चलाइरहेको छ।