अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निसीखोला जीप दुर्घटनामा एमाले ढोरपाटनका अध्यक्ष पौडेलको मृत्यु

निसीखोला जीप दुर्घटनामा एमाले ढोरपाटनका अध्यक्ष पौडेलको मृत्यु


बागलुङ – निसीखोलामा पिकअप जिप दुर्घटना हुँदा नेकपा एमालेका ढोरपाटन नगर अध्यक्ष ऋतुवर्ण पौडेलको मृत्यु भएको छ।

दुर्घटनामा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

मंगलबार साँझ ६ बजे निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुँनेमा तिलोत्तमा नगरपालिकाका ३८ वर्षका सुरेश थापा रहनुभएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतक पौडेलले जीप आफै चलाएको स्थानीयले बताएका छन् ।