पाल्पा – पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाषस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ वर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।
सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।







प्रतिक्रिया