अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयरका लागि संघीय सांसद त्याग्ने गिरीको घोषणा

मेयरका लागि संघीय सांसद त्याग्ने गिरीको घोषणा


काठमाडौं– नेकपा एमालेकी सांसद सरिता गिरी यादवले मेयरका लागि संघीय सांसद नै त्याग्ने घोषणा गर्नुभएको छ ।

गिरीले सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा दाबी प्रस्तुत गर्दै पार्टीले टिकट दिए सांसद त्याग गर्ने घोषणा गर्नुभयो ।

२०७३ सालको स्थानीय तह निर्वाचनमा गिरी उपमेयरमा प्रस्तावित हुनुभएको थियो । तर, पार्टीले आशरादेवी चौधरीलाई टिकट दिएको थियो ।

मेयरमा एमालेका वसन्त मिश्र निर्वाचित भए पनि एमाले उपमेयर उम्मेदवार चौधरी पराजित हुनुभएको थियो ।

गिरीले कञ्चनरुप नगरपालिका कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएकाले दोस्रो सौराहा बनाउने बताउनुभयो ।

मेयरमा हालका प्रमुख मिश्रसहित १० जना आकांक्षी छन् ।