अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च


काठमाडौं- निर्वाचन आयोगले गत वैशाख ३० गते एकै चरणमा भएको चुनावको खर्च सार्वजनिक गरेको छ।

आज आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले खर्च विवरण सार्वजनिक गर्नु भएको हो ।

प्रवक्ता पौडेललेका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड निकासा भएको थियो। जसमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ खर्च भएको हो ।

उहाँका अनुसार विनियोजितमध्ये निर्वाचन आयोगको केन्द्रीय कार्यालयले १ अर्ब २ करोड ४३ लाख १२ हजार १२९ रुपैयाँ खर्च गरेको छ। त्यसैगरी देशभरका ७५३ वटै मुख्य निर्वाचन अधिकृत तथा अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ खर्च भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल

देशभरका ७७ वटै निर्वाचन कार्यालयले ४१ करोड ३३ लाख ०७ हजार ३१ रुपैयाँ खर्च भएको प्रवक्ता पौडेलले बताउनु भयो ।

गृहमन्त्रालयले मतपेटिका ढुवानीका क्रममा ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको पौडेलले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँका अनुसार निर्वाचनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया अनुगमनका नाममा १ करोड ४५ लाख खर्च गरेको छ।

यी सबै जोड्दा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ वैशाख ३० गतेको निर्वाचनमा खर्च भएको पौडेलले बताउनु भयो । उहाँकाअनुसार आयोगले निर्वाचनका लागि सरकारसँग ८ अर्ब रुपैयाँ मागेको थियो। जसमध्ये खर्च नभएको ३ अर्ब ६ लाख ९६ जजार ७२४ रुपैयाँ राज्यकोषमै फिर्ता गरिएको छ।