अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडमा सर्बदलीय बैठकमै मेयरमाथि दुर्व्यवहार, एमाले बिर्तामोडका अध्यक्षमाथी हातपात प्रयास

बिर्तामोडमा सर्बदलीय बैठकमै मेयरमाथि दुर्व्यवहार, एमाले बिर्तामोडका अध्यक्षमाथी हातपात प्रयास


झापा – बिर्तामाेड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईं र नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथी बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्बदलीय बैठकमा हातपातको प्रयास भएको छ ।

बैठकमा बिर्तामोड उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथी दुर्ब्यवहार र एमाले अध्यक्ष भट्टराईमाथी हातपातको प्रयास गरेका हुन् ।

बुधबारे हटियाका व्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै संघका केही व्यक्ती आन्दोलित छन् । सोही बिषयमा छलफल चलिरहेको बेला नगर प्रमुख महतरा बोल्ने क्रममा न्यौपानेले जुरुक्क उठेपछि उनलाई एमाले अध्यक्ष भट्टराईले बसेर मेयरको कुरा सुन्न आग्रह गर्दा भट्टराईमाथी न्यौपाने जाइलागेका थिए । वरपर बसेका अन्य व्यक्ती र प्रहरीले हातपात हुनबाट बचाएका थिए ।