अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्यमा मनोनीत दाहालले लिए शपथ

राष्ट्रियसभा सदस्यमा मनोनीत दाहालले लिए शपथ


काठमाडौं- राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सिंहदरबारमा दाहाललाई शपथ गराउनुभयो । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो समेत प्रदान गर्नुभयो ।

शपथपछि दाहालले देश र जनताप्रति गरेका प्रतिबद्धतालाई कानुनी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न जोड दिने बताउनुभयो । उहाँले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने धारणा उल्लेख गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको थियो । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।