अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच वर्षमा अध्यक्ष ओलीप्रति बदलिएको मधेस : हिजो बाइ बाइ, आज हाई हाई

पाँच वर्षमा अध्यक्ष ओलीप्रति बदलिएको मधेस : हिजो बाइ बाइ, आज हाई हाई


वीरगञ्जका पत्रकार महेस दासको अनुभवमा कुनैबेला एमाले अध्यक्ष केपी ओलीको नाम उचारण गरियो भने कुटाइ खानु पर्ने वा गालीगलौज हुन्थ्यो । तर अहिले मधेसको अवस्था फेरिएको छ । अहिले अध्यक्ष ओलीको विरोध गर्‍यो भने उनै जनता प्रतिवादमा उत्रिन्छन् ।  अर्थात् मधेसमा अध्यक्ष ओलीप्रतिको आकर्षण अहिले चुलिएको छ । मधेसमा जताततै एमालेका ठूला आमसभा आयोजना हुने र पार्टी प्रवेशको लहर नै चलेको छ । केही महीनायता पार्टी प्रवेश कार्यक्रमको लागि एमाले अध्यक्ष ओली तीन पटक पर्सा जिल्ला पुग्नु भयो । रौतहट, बारा, सर्लाही, धनुषा लगायतका जिल्लामा अध्यक्ष ओलीको उपस्थितिमा ठूला आमसभामा भए । केन्द्रदेखि स्थानीय तहसम्मका नेता, जनप्रतिनिधिहरूलाई एमालेमा प्रवेश गराउनु भयो ।

२०६३/०६४ को मधेस आन्दोलनपछि एमाले अध्यक्ष ओली र मधेसबीच टाँढिएको सम्बन्ध अहिले प्रेमिल जोडीको जसरी गाँसिएको छ । संविधान निर्माण, संघीयता कार्यान्वयनसँगै मधेसको मुद्दा र समस्याका विषयमा एमाले अध्यक्ष ओलीको अभिव्यक्ति नकरात्मक भएको भन्दै प्रचार गरेर जनमत बटुलिरहेका राजनीतिक दलहरूको झुटको राजनीति जनताले बुझे । त्यही कारण अहिले मधेसमा एमाले पहिलो शक्ति बन्न सक्ने अडकलबाजी गर्ने जमातसमेत बढेको छ । मधेसमा एमाले अध्यक्ष ओलीप्रतिको सम्मान र आकर्षण किन बढ्यो त ? भनेर केही तथ्यहरू केलाउने प्रयास गरिएको छ ।

रकारमा सहकार्य

मधेस विरोधी भनेर प्रचार गरिएका एमाले अध्यक्ष केपी ओलीले दुइतिहाईको सरकार बनाउदा मधेसवादी दललाई सरकारमा सहभागिता नगराउँदा पनि हुने थियो । तर एमाले अध्यक्ष ओलीले त्यसो गर्नु भएन । उहाँले मधेसवादी दललाई सरकारमा सहभागिता गराएर राष्ट्रिय एकता कायम गर्न सवै क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनु भयो । कुनैबेलाका धुरन्धर विरोधी मधेसवादी दलहरू अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि एमाले अध्यक्ष ओलीप्रति मधेसमा सकारात्मक धारणा निर्माण गराउन भूमिका खेले । सरकारबाट बाहिर गएपनि मधेसका ठुलो हिस्सामा रहेका नेताहरु अध्यक्ष ओलीको सम्पर्क र समन्वयमा रहे । पछिल्लोपटक जसपा फुटेर बनेको लोसपाका ११ र अन्य २ गरेर २५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना मधेस प्रदेशकै मन्त्री बने । नेपालको इतिहासमा मधेसी सामुदायबाट यति ठूलो संख्यामा सरकारमा सहभागिता भएको पहिलोपटक थियो । यहीकारण उहाँप्रति छरिएको भ्रम चिर्न ठूलो मद्दत गरेको हो ।

मधेसमा विकासको लहर

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दा मधेस प्रदेशका सदरमुकाम जाने सडकहरु साँघुरो र जीर्ण थिए । ओली नेतृत्वको सरकारले ती जिल्ला सदरमुकाम जोड्ने सडकलाई फराकिलो चौडा–फोरल्याण्ड) निर्माण गर्ने योजना बनायो र कार्यन्वयनमा ल्यायो । खाल्डाखुल्डी र साँघुरो सडकको पिरलोमा रहेका मधेसबासी जनताले फराकिलो सडक बनेसँगैे विकासको अनुभूति गर्ने अवसर पाए । विकासको पहिलो पुर्वाधार सडक हो । राम्रो सडक बनेपछि मधेस प्रदेशका सदरमुकाम र अन्य शहरहरु सफा र सुन्दर बन्न थाले । सदियौंदेखिको समस्या सुल्झिएपछि एमाले अध्यक्ष ओलीप्रतिको सम्मान बढेको हो ।

कुनैबेलाका धुरन्धर विरोधी मधेसवादी दलहरू अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि एमाले अध्यक्ष ओलीप्रति मधेसमा सकारात्मक धारणा निर्माण गराउन भूमिका खेले।

त्यस्तै मधेसको लाईफलाईनको रुपमा रहेको हुलाकी सडकसमेत बषौंदेखि जिर्ण अवस्थामा रहेको थियो । पुनर्निर्माणको लागि ठेक्का लागे पनि काम भएको थिएन । तर एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि हुलाकी सडकको पुनर्निर्माणको कामले गति लियो । दर्जनौं पुल बने, सडक कालोपत्रे भयो । कृषि उत्पादनलाई ठूला शहरसम्म विक्री गर्न थाले । यात्राको समय छोटियो । सडक बनेसँगै मधेस प्रदेशको दक्षिणका क्षेत्रमा विकासको लहर चल्यो । मधेसी जनताको आर्थिक विकास हुन थल्यो । राजा महेन्द्रले निर्माण गरेको हुलाकी राजमार्गको जिर्णोद्वार र पूर्ण बनाउने कार्य ओली नेतृत्वको सरकारले गरेको हो ।

ओली सरकारकै नेतृत्वमा काठमाडौं-निजगढ जोडने फास्ट ट्रयाक निर्माण सुरु भएर अन्तिम चरणमा पुगेको छ । निजगढ विमानस्थलको निर्माण योजना अगाडि बढेको छ । मधेस प्रदेशमा रहेका सिमरा र जनकपुर विमानस्थलको पुर्ननिर्माण गरी रातीको समयमा पनि सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण गरिएको छ । बन्द रहेको राजविराज विमानस्थलको पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको छ । नेपालमा रेल चलाउने कुरा गर्दा एमाले अध्यक्ष ओलीलाई सामाजिक सञ्जालमा ट्रोल गरियो । तर जयनगर–जनकपुर रेल सञ्चालन ओली सरकारकै पालामा भयो ।

विधुत प्राधिकरणमा ठुला सबस्टेसनहरु ओली सरकारकै पालामा मधेस प्रदेशमा निर्माण भए । बारा पर्सामा टोर्नाडो(हुरीबतास) बाट घर भत्किएर विस्थापित भएका ८५० परिवारलाई घर बनाएर पुनस्थापना गर्ने कार्य ओली सरकारले २ महिनामा पुरा गरेको थियो । यी सँगै मधेसमा भूमिगत सिंचाई आयोजना निर्माण गरी हजारौं हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने कार्यहरु भए । मरिन डाइभर्सन बनाएर सुनकोशीको पानी मधेसमा लैजाने आयोजनाको सुरुवात ओली सरकारले नै गरेको हो । मधेसका धार्मीक तथा पर्यटकीयस्थलको पुर्ननिर्माण र प्रचारप्रचार, संस्कृतिको जगेर्ना गर्न ओली सरकारले महत्वपूर्ण कार्य गरेको छ । ‘बेटी बचाउ, बेटी पढाउ’ जस्ता कार्यक्रम ल्याएर साक्षरता उन्मुलन गराउने कार्यको थालनी भयो । यी विकास परियोजना र कामले मधेसमा एमाले अध्यक्ष ओलीप्रतिको दृष्टिकोणमा परिवर्तन भयो र जनलहर निर्माण भएको हो ।

राजा महेन्द्रले निर्माण गरेको हुलाकी राजमार्गको जिर्णोद्वार र पूर्ण बनाउने कार्य ओली नेतृत्वको सरकारले गरेको हो ।

मधेसमा सदियौंदेखि नागरिकताको समस्या छ । नेपाली नागरिकले नागरिकताविहिन भएर बस्नु पर्ने जटिल समस्या अहिले पनि छ । यो विषयलाई मधेसबादी दलका नेताहरुले सत्तामा जाने भर्‍याङ मात्रै बनाइ रहे । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि यो समस्या समाधान गर्न कुनै सरकारले सकेको थिएन । तर ओली सरकारले नागरिकता विधेयक ल्याएर मधेसमा रहेका लाखौं जनतालाई नागरिकता दिने नीति अबलम्बन ग¥यो । यो मधेसका जनताप्रति एमाले अध्यक्ष ओलीले गरेको अपार सम्मान र प्रेम थियो ।

मधेस विरोधी भनेर  फैलाइएको भ्रमलाई एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारले विकास र प्रेमले चिर्‍यो । यो प्रयास सरकारमा हुँदा होस वा सरकार बाहिर हुँदा निरन्तर जारी रहेको छ । त्यसैले अहिले मधेसमा ‘ओली क्रेज’ छ । एमालेमा जनलहर आएको छ । मधेसमा पहिलो शक्ति बन्ने अभियान जारी रहेको छ ।