अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टी परित्यागको घोषणा

नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टी परित्यागको घोषणा


हेटौंडा – नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् ।

हेटौडामा बुधबार पत्रकार सम्मेलन गर्दै उहाँले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिनु भएको हो । उहाँले गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएकोले पार्टी परित्याग गरेको बताउनु भयो । निर्वाचन पश्चात देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बन्न्नु भएको थियो । उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । पोखरेल र डीसी नेकपा एमाले विभाजन भएपछि नेकपा एसमा आबद्ध भएका थिए ।