अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी : निर्वाचन आयोग 

स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी : निर्वाचन आयोग 


काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको जानकारी दिनु भयो ।

देशभर ७५३ पालिका प्रमुख, सोही संख्यामा उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष, त्यत्ति नै महिला र दलित सदस्य तथा १३ हजार ४८३ सदस्यका लागि निर्वाचन हुँदैछ । केही पालिका प्रमुख, वडाअध्यक्ष तथा सदस्यका लागि एकल मनोनयन परेकाले निर्वाचनबाट जनप्रतिनिधि छानिने संख्या केही घट्नेछ ।