अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महामारीको रुपमा फैलिँदै डेंगु, कहाँ छ स्वास्थ्य मन्त्रालय ? कहाँ छन् स्वास्थ्य मन्त्री ? : प्रेम सुवाल

महामारीको रुपमा फैलिँदै डेंगु, कहाँ छ स्वास्थ्य मन्त्रालय ? कहाँ छन् स्वास्थ्य मन्त्री ? : प्रेम सुवाल


काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गर्नु भएको छ ।

डेंगु रोगका कारण नागरिकहरुको दिनानु दिन मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उहाँले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्नुभयो ।

आज प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनु भयो ।

‘कोरोना पछि डेंगु रोगले यतिखेर जनता एकदमै पीडित छन् । अस्पतालहरुमा शय्याको अभाव छ । डेंगु महामारीको रुपमा फैलिँदै छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन ।’