अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुने

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुने


काठमाडौं – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ। अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो ।

उहाँले नवौं राष्ट्रिय खेलकुदको लागि ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिनु भयो । उहाँले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताउनु भयो ।

पोखरास्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रवार हुनेछ । यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीवार गर्ने तालिका रहेको छ ।