अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंलाई लक्षित गर्दै एलिकाको ‘ताजगी र खुसी’ अभियान

दशैंलाई लक्षित गर्दै एलिकाको ‘ताजगी र खुसी’ अभियान


काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा एलिका (Elica) ले स्वच्छ हावा, आरामदायी भान्सा र पारिवारिक खुसीको सन्देशसहित दशैं शुभकामना अभियान अघि सारेको छ। कम्पनीले खाना पकाउँदा भान्सामा उत्पन्न हुने धुवाँ र गन्ध व्यवस्थापनमा सहयोग गर्ने एलिका चिम्नी (Elica Chimney) लाई दशैंको तयारीसँग जोड्दै प्रवर्द्धन गरेको हो।

‘A Breath of Freshness’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणामा आधारित अभियानले चाडपर्वका बेला व्यस्त हुने भान्सालाई सहज र आरामदायी बनाउने सन्देश दिएको छ। दशैंमा परिवारका सदस्य भेला भएर विभिन्न परिकार बनाउने र सँगै बसेर खाने परम्परालाई ध्यानमा राख्दै कम्पनीले स्वच्छ हावासहितको भान्साको महत्त्वमा जोड दिएको छ।

एलिका चिम्नी (Elica Chimney) मा ऊर्जा बचत, शक्तिशाली सक्सन, शान्त सञ्चालन तथा भोल्टेजको उतारचढावमा पनि काम गर्न सक्ने प्रविधि समावेश रहेको कम्पनीले जनाएको छ। यसको Flexi Voltage Technology ले १४० देखि २७० भोल्टसम्मको दायरामा सञ्चालन गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ। त्यस्तै, Intelli Speed Technology ले आवश्यकताअनुसार सक्सन गति व्यवस्थापन गर्न मद्दत गर्छ।

कम्पनीका अनुसार Elica Chimney को मोटरमा १५ वर्षको वारेन्टीसमेत उपलब्ध छ। यी सुविधामार्फत भान्साको वातावरणलाई सफा, सहज र आरामदायी बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

‘Cleaner Air, Happier Meals, A More Beautiful Home’ अर्थात् स्वच्छ हावा, खुसीमय भोजन र सुन्दर घरको अवधारणालाई अघि सार्दै Elica ले यस दशैंमा स्वादिष्ट परिकारसँगै स्वच्छ हावाको अनुभव लिन उपभोक्तालाई आग्रह गरेको छ।

कम्पनीले बडादशैंका अवसरमा सम्पूर्ण नेपाली परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीको शुभकामनासमेत व्यक्त गरेको छ।