काठमाडौँ-एक महिनाभन्दा लामो समयदेखि फरार रहेका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई भारतको पञ्जाब प्रहरीले आज बिहान करिब ७ बजे पञ्जाबकै मोगाबाट पक्राउ गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई असामको डिब्रुगढमा सारिनेछ । करिब दुई हप्ताअघि अमृतपालका नजिकका सहयोगी पापलप्रीत सिंहलाई पञ्जाबकै होसियारपुरबाट पक्राउ गरिएको थियो ।
पापलप्रीतलाई अमृतपालको गुरु मानिएको थियो । पाकिस्तानको आईएसआईसँग उनको संलग्नता रहेको बताइएको छ ।
पञ्जाब प्रहरीले खालिस्तान समर्थक र उनका सहयोगीविरुद्ध कारबाही सुरु गरेसँगै अमृतपाल र पापलप्रीत गएको मार्च १८ तारिखदेखि फरार थिए ।
अमृतपाल र उनका सहयोगीमाथि वर्गीय विभेद फैलाउने, ज्यान मार्ने प्रयास, प्रहरीमाथि आक्रमण, सरकारी कर्मचारीलाई काममा बाधा पु¥याउनेजस्ता आपराधिक मुद्दा चलाइएको छ ।
प्रतिक्रिया