अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति

‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति


रुपन्देही-नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा विवादित देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्तिमार्फत उक्त नक्सामा रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुको नाम समावेश गरिएको विषय सार्वजनिक हुनु आपत्तिजनक रहेको बताउनु भएको छ। विज्ञप्तिमा यसबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्न भनिएको छ।

विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेकोमा सो नक्साअनुसार ती भूमि अझै फिर्ता नआइसकेको सन्दर्भमा अर्को विवादित नक्साले छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्ति भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको संघारमा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन पनि ध्यानाकर्षण गराइएको छ।