अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, कार्यविभाजन र कार्ययोजना तय गरिने 

एमाले सचिवालय बैठक बस्दै, कार्यविभाजन र कार्ययोजना तय गरिने 


काठमाडौँ-नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।  

एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार  बैठकमा केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्याविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ । 

बैठकमा नेताहरुको कार्यविभाजन, पार्टीको कार्ययोजनादेखि सबै विषय पारित गर्ने जनाइएको छ ।  

यस्तै बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।