अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 संसद् बैठक अवरोध गर्ने एमालेको संकेत 

 संसद् बैठक अवरोध गर्ने एमालेको संकेत 


काठमाडौँ-नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने संकेत गरेको छ । आज ११ बजेदेखि बस्न लागेको संसद्को बैठक अवरोध गर्ने एमालेले संकेत गरेको हो । 

आजको बैठकमा जेठ १५ गते सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको संसदमा प्रतिवाद गर्ने बताएको छ ।  

एमाले सचेतक महेशकुमार बर्तौलाले दुई विषयमा आफूहरुको असहमति रहेको भन्दै त्यसै अनुसार अगाडि बढ्ने बताउनुभयो ।  उहाँले बन्नुभयो, ‘हामीहरुको दुई विषयमा असहमति छ । त्यसै अनुसार संसदमा प्रतिवाद गर्छौं ।’ 

नागरिकता विधेयक प्रमाणीकरणको विषयमा एमालेले विरोध गर्दै आएको छ ।