अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकको कार्यक्रम स्थगित गर्न राप्रपाको प्रस्ताव 

प्रतिनिधिसभा बैठकको कार्यक्रम स्थगित गर्न राप्रपाको प्रस्ताव 


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको छ । राप्रपाले संसद्को नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद् बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको हो । 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न भन्दै उक्त प्रस्ताव पेश गर्नुभएको हो ।  

राष्ट्रपतिले नीति नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको विषय उठेको भन्दै यसमा छलफल नगरी संसद् नियमित रूपमा अगाडि नबढ्ने उहाँले बताउनुभयो । शाहीले बैठकका लागि निर्धारित सबै कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्नुभयो ।