अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप क्रिकेट छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

विश्वकप क्रिकेट छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै


काठमाडौँ-नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको तारिख २९ असारमा राखिएको छ ।

लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनुपर्ने छैन ।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।