काठमाडौँ-सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल थाल्नुभएको छ ।
सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
प्रमुख प्रतिपक्ष एमालेसहित तीन दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको विरोधमा हिजो संसद् अवरोध गरेका थिए । संसद्को अवरोध खुलाउन सभामुखले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग पनि वार्ता गर्नुभएको थियो ।
त्यसक्रममा प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने बताएको सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आज संसद् बैठकको सुरुमै सम्बोधन गर्नुहुनेछ ।
प्रतिक्रिया