अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेल भन्नुहुन्छ–फेरि पनि बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भयो 

महासचिव पोखरेल भन्नुहुन्छ–फेरि पनि बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भयो 


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरलेले बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भएको बताउनुभएको छ ।  आज सामाजिक सञ्जालमा लेख्दै उहाँले करका दर निर्धारण गर्न पूर्व कर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधि नै खुलेआम रूपमा राख्न थालेपछि अर्थतन्त्र संकटमा पर्यो भनेर रोइलो गर्नुको के अर्थ रह्यो र ? भनी प्रश्न गर्नुभएको छ । 

‘विगतमा कर निर्धारणमा आवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल आर्थिक मन्दीमा गयो । मूलकको राजश्वनै घट्न गएको समयमा निश्चित व्यापारिक घरनाको सम्पत्ति एक वर्षमा झण्डै आधा खर्वको हाराहारीमा वृद्धिहुन पुग्यो’, उहाँले लेख्नुभएको छ,’यसबाट पाठ सिके होलान् भनेको त यसपालि त झन् प्रधानमन्त्रीकै निर्देशनमा आवान्छित व्यक्तिलाई संलग्न गराइ राजश्वका दर निर्धारण गरिएको जानकारी आउनु अत्यन्त दुःखद पक्ष हो ।’ 

महासचिव पोखरेलले बजेट निर्माणको गोप्य सूचना चुहाइएको/पूर्वयोजना अनुरुप सेटिङ गरिएका कारण  राज्यले गाडीको आयातमा अर्बौंको राजश्व गुमाएको बताउनुभएको छ । बजेट भाषणको पूर्वसन्ध्यामा भन्सारबाट अस्वाभाविक रूपमा आयात गरिएका सामानहरू सेटिङका परिणामहरु रहेको उहाँले उल्लेख गर्नुभएको छ ।  

‘अघि पछि एकदिनमा कति सामान आउँथ्यो र बजेटको पूर्वसन्ध्यामा किन अस्वाभाविक सामान आयो यसको छानबिन हुनु आवश्यक छ । संसदले अस्वाभाविक रूपमा आयात भएका वस्तुको कर पुरानै अवस्थामा फर्काउन सक्नु पर्दछ’,उहाँले लेख्नुभएको छ । 

महासचिव पोखरेलले आगामी आर्थिकको वर्षको बजेटमा जनताको भान्सारजीवनलाई महँगो बनाउने र सभ्रान्तहरुले प्रयोग गर्ने विलासिताका वस्तुहरुमा करछुट दिने काम भएको बताउनुभयो । कर निर्धारणको सिद्धान्तका हिसाबले गलत भएको भन्दै उहाँले निश्चित वस्तुको आयातकर्ताको प्रभाव बजेटमा परेको स्पष्ट देखिएको बताउनुभयो ।  

‘विगतमा सुर्तिजन्यवस्तुमा लाग्दै आएको करको दरको औसतवृद्धिको तुलनामा यसपटक अत्यन्त न्युनदरमा वृद्धि गरेर मिलोमतो गर्ने काम भएको देखिन्छ’,उहाँले लेख्नुभएको छ,’छिमेकी मुलुकहरुको तुलनामा नेपालमा सुर्तीजन्य पर्दार्थलाई सस्तो बनाउने कुरा जनताको स्वास्थमाथिको खेलबाड हो ।’ 

महासचिव पोखरेलले नियोजित अपराधका लागि सरकारलाई संसदीय कठघरामा उभ्याउन, छानबिन गर्न र अपराध गर्नेलाई दण्डित गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।