अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज चार खेल

 ए डिभिजन लिग : आज चार खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रि स्टार क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ । 

त्यस्तै च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।