अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्छ : उपमहासचिव रिमाल 

बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्छ : उपमहासचिव रिमाल 


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बजेटमाथि प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्ने बताउनु भएको हो । 

चालु आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरिएको भन्दै विरोध भइरहँदा आगामी आर्थिक वर्षको बजेटमा पनि निश्चित घरानालाई फाइदा हुनेगरी करका दरमा हेरफेर भएको बाहिरिएको छ । संसदमा बजेटमाथि छलफल जारी रहँदा करका दर हेरफेरको कुरा उठेको हो । 

संसदमा अनधिकृत व्यक्तिको उपस्थितिमा खास व्यापारीको लाभको लागि करको दर हेरफेर गरिएको कुरा उठेको छ । यसमा सरकारले जवाफ दिनुपर्ने उपमहासचिव रिमालले माग गर्नुभएको छ ।