अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्त पक्षबाट बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्त पक्षबाट बहस


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । हिजो सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु हुँदैछ । 

उक्त बहसका लागि पूर्व महान्यायाधिवक्तादेखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । 

सरकारी वकिलले तीन दिनको बहस सकिएसँगै अब अभियुक्त पक्षका वकिलले ६ दिन बहस गर्नेछन् । जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।