अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ एमाले अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

यस्तो छ एमाले अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

७० वर्षे उमेर हद खारेजदेखि नेताहरुको कार्यविभाजनसम्म


काठमाडौँ–नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ । एमालेले हिजो १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशन जारी गरेको हो । 

पार्टीको गत वैशाख २८ देखि ३० गतेसम्म चलेको पाँचौ केन्द्रीय समितिको बैठकको निर्णयलाई अनुमोदन गर्न त्यसपछि बसेको स्थायी कमिटी र सचिवालय बैठकको निर्णयका आधारमा अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीमा अपानि जारी गरेका छन् । 

अपानिमा पार्टीको मिसन ग्रासरुटको समीक्षा गरिएको छ । अपानि अनुसार ७० वर्षे हदम्याद निलम्बन गरिएको छ । यस्तै अपानिमा नेताहरुको कार्यविभाजनका साथै यसअघिका जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ । 

जसअनुसार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई ३३ वटा विभागलाई ७ समूहमा विभाजन गरी जिम्मेवारी दिइएको छ । यस्तै सचिव टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको छ भने अन्य सचिवहरुलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । 

अपानिमा केन्द्रीय कमिटीको पाँचौ बैठकमा पेश भएका राजनीतिक प्रतिवेदन, बैठकबाट पारित प्रस्तावहरु, भूगोलको कार्यविभाजन, फाँटको कार्यविभाजन, विभागको कार्यविभाजन र प्रदेश संयोजकहरुबारे उल्लेख गरिएको छ ।