अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे छलफल गर्न आयोगको सर्वदलीय बैठक बस्दै 

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे छलफल गर्न आयोगको सर्वदलीय बैठक बस्दै 


काठमाडौँ–निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे आयोगमा बस्ने भएको हो । 

बैठकमा जिल्ला निर्वाचन कार्यालय खारेजीलगायत विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाइएको छ ।अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख गरेका थिए । 

आयोगले त्यसको विरोध गर्दै आएको छ । जिल्ला निर्वाचन कार्यालय खारेज  पछिको अवस्थाका बारेमा जानकारी गराउन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज  छलफल हुने आयोगले जानकारी दिएको छ ।