अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने


काठमाडौँ-कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । 

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम  प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

हिजो साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम छलफलका लागि स्वीकृति गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि  प्रदेशसभालाई अनुरोध गर्ने निर्णय पनि भएको प्रवक्ता सिटौलाले बताउनुभयो ।

अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गर्नुभएको छ ।